संक्षिप्त्र परिचय

       थासाङ गाउँपालिका नेपालको गण्डकी  प्रदेश (नम्बर ४) को हिमाली जिल्ला तल्लो मुस्ताङ अन्तर्गत पर्ने गाउँपालिका हो।यस क्षेत्रमा थकालीहरूकाे बाक्लाे बासस्थान भएको कारण यस क्षेत्रलाई थाक सात्से वा थासाङ पनी भन्ने गरिन्छ।काली गन्डकीको किनारामा अवस्थित टुकुचे देखी घाँसा सम्मको ठाउँलाई यस नामले पनि चिन्ने गरिन्छ।