FAQs Complain Problems

सूचना तथा समाचार

संक्षिप्त्र परिचय

     

बिधुतीय सञ्चारको युगमा मुस्ताङबारे चासो राख्ने जानकारी पाउन धेरै मिहिनेत गर्नुपर्दैन । यो जिल्ला परापुर्व कालदेखि नै केहि न केहि विशेषताले चर्चामा आएको पाइन्छ। उहिले मुस्ताङ हिन्दुहरुका लागि अति नै पवित्र र महत्वपूर्ण धार्मिकस्थल कर्ण सागर क्षेत्रको नाममे चिनिन्थो । अहिले पनि मुक्तिनाथ, दामोदरकुण्ड, कालीगण्डकी र गण्डकीमा पाउने शालिग्रामले यसको धार्मिक महत्वलाई कायम राखेको छ । मुस्ताङ अति नै महत्वपूर्ण व्यापारिक नाका पनि थियो । यस जिल्लाबाट हुने चामल-नुनको व्यापारलाइ नियन्त्रण गरेर आर्थिक र राजनितिक लाभ लिन स्थानीय र क्षेत्रिय शक्तिहरूको खिचातानी र चहलपहल सन् १९५० सम्म यथावत् थियो । चामल-नुनको व्यापार अहिले इतिहास भइसकेको छ तर व्यापार र वाणिज्यको दृष्टिकोणले मुस्ताङ नेपालको एउटा महत्वपूर्ण नाका हुन सक्ने यथार्थलाइ प्रस्तावित कालीगण्डकी कोरिडोर र केही बर्षयतादेखि खोल्न प्रयास गरिएको कोरला नाकाले बल पुर्याएको छ । इतिहासदेखि  नै यो जिल्ला तिब्बत, चीन र भारतमा भएका राजनीतिक र आर्थिक उथलपुथलको चपेटामा परिरह्यो । भारत सरकारको कृपा र अमेरिका सरकारको सहयोगले झन्डै १५ बर्ष यो र अरू हिमाली जिल्लाले प्रकाण्ड सहनुपर्यो । त्यसबेला जिल्लामा सरकारको खासै उपस्थिती थिएन ।

खम्पाहरूको उपस्थितिले होला सुरक्षाका लागि भन्दै माथिल्लो मुस्ताङ सन् १९९२ सम्म प्रतिबन्ध क्षेत्रको रूपमा रह्यो । यसबीच मुस्ताङमा आधुनिक शिक्षाले बाटो पक्डियो, गाउँगाउँमा स्कुल बन्ने, साक्षरता बढ्यो, पछी गएर निजी र सरकारी विधालय पनि बने, जिल्लाको सिमानामा फेरबदल भयो, सदरमुकाम दानाबाट जोमसोम सर्यो, फलफुल बिकास र तरकारी खेतीको विस्तार भयो ।

 थासाङ गाउँपालिका नेपालको गण्डकी  प्रदेश (नम्बर ४) को हिमाली जिल्ला तल्लो मुस्ताङ अन्तर्गत पर्ने गाउँपालिका हो । यस क्षेत्रमा थकालीहरूकाे बाक्लाे बासस्थान भएको कारण यस क्षेत्रलाई थाक सात्से वा थासाङ पनी भन्ने गरिन्छ । काली गन्डकीको किनारामा अवस्थित टुकुचे देखी घाँसा सम्मको ठाउँलाई यस नामले पनि चिन्ने गरिन्छ। 

     यस क्षेत्रका मानिसहरू धेरै जसो किसानी र कोही भने होटल ब्यवसाय गरेर आफ्नो जिवन चलाएका छन् । सुन्दर हिमाल निलगिरी र धौलागिरीको काखमा रहेको यस ठाउमा धेरै रमणिय र धार्मिक स्थलहरू छन् । जस्तै: टुकुचे अवस्थित कूपर गुम्बा, मार्चे लेक, खन्ती अवस्थित नर्साङ गुम्बा, नौरिकोट अवस्थित गुरू साङ्बो गुफा र ताल, कुन्जो अवस्थित टिटी ताल, आदी । यस गाउपालिका २९० वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ जसमा ३१०९ (पुरूष १६०९ र महिला १५००)  कुल जनसंख्या र ५६२ घरधुरी रहेकाे छ ।