FAQs Complain Problems

सूचना तथा समाचार

थासाङ गाउँपालिकाको संक्षिप्त्र परिचय

     बिधुतीय सञ्चारको युगमा मुस्ताङबारे चासो राख्ने जानकारी पाउन धेरै मेहिनत गर्नुपर्दैन । यो जिल्ला परापुर्व कालदेखि नै केहि न केहि विशेषताले चर्चामा आएको पाइन्छ। उहिले मुस्ताङ हिन्दुहरुका लागि अति नै पवित्र र महत्वपूर्ण धार्मिकस्थल कर्ण सागर क्षेत्रको नाममे चिनिन्थो । अहिले पनि मुक्तिनाथ, दामोदरकुण्ड, कालीगण्डकी र गण्डकीमा पाउने शालिग्रामले यसको धार्मिक महत्वलाई कायम राखेको छ । मुस्ताङ अति नै महत्वपूर्ण व्यापारिक नाका पनि थियो । यस जिल्लाबाट हुने चामल-नुनको व्यापारलाइ नियन्त्रण गरेर आर्थिक र राजनितिक लाभ लिन स्थानीय र क्षेत्रिय शक्तिहरूको खिचातानी र चहलपहल सन् १९५० सम्म यथावत् थियो । चामल-नुनको व्यापार अहिले इतिहास भइसकेको छ तर व्यापार र वाणिज्यको दृष्टिकोणले मुस्ताङ नेपालको एउटा महत्वपूर्ण नाका हुन सक्ने यथार्थलाइ प्रस्तावित कालीगण्डकी कोरिडोर र केही बर्षयतादेखि खोल्न प्रयास गरिएको कोरला नाकाले बल पुर्याएको छ । इतिहासदेखि  नै यो जिल्ला तिब्बत, चीन र भारतमा भएका राजनीतिक र आर्थिक उथलपुथलको चपेटामा परिरह्यो । भारत सरकारको कृपा र अमेरिका सरकारको सहयोगले झन्डै १५ बर्ष यो र अरू हिमाली जिल्लाले प्रकाण्ड सहनुपर्यो । त्यसबेला जिल्लामा सरकारको खासै उपस्थिती थिएन । खम्पाहरूको उपस्थितिले होला सुरक्षाका लागि भन्दै माथिल्लो मुस्ताङ सन् १९९२ सम्म प्रतिबन्ध क्षेत्रको रूपमा रह्यो । यसबीच मुस्ताङमा आधुनिक शिक्षाले बाटो पक्डियो, गाउँगाउँमा स्कुल बन्ने, साक्षरता बढ्यो, पछी गएर निजी र सरकारी विधालय पनि बने, जिल्लाको सिमानामा फेरबदल भयो, साविक सदरमुकाम दानाबाट जोमसोम सर्यो, फलफुल बिकास र तरकारी खेतीको विस्तार भयो । थासाङ गाउँपालिका नेपालको गण्डकी  प्रदेश (नम्बर ४) को हिमाली जिल्लाकाे पनि तल्लो मुस्ताङ अन्तर्गत पर्ने गाउँपालिका हो । यस क्षेत्रमा थकालीहरूकाे बाक्लाे बासस्थान भएको कारण यस क्षेत्रलाई थाक सात्से अर्थात थासाङ पनी भन्ने गरिन्छ । काली गन्डकीको किनारामा अवस्थित टुकुचे देखी घाँसा सम्मको ठाउँलाई यस नामले पनि चिन्ने गरिन्छ। यस क्षेत्रका मानिसहरू धेरै जसो किसानी र कोही भने होटल ब्यवसाय गरेर आफ्नो जिवन चलाइ रहेका छन् । सुन्दर हिमाल निलगिरी र धौलागिरीको काखमा रहेको यस ठाउमा धेरै रमणिय र धार्मिक स्थलहरू छन् । जस्तै: टुकुचे अवस्थित कूपर गुम्बा, मार्चे लेक,  याक खर्क, टुकुचे पिक, खन्ती अवस्थित नर्साङ गुम्बा, नौरिकोट अवस्थित गुरू साङ्बो गुफा, भुतर्छाे र सेकुङ ताल, कुन्जो अवस्थित टिटी ताल, आदी । यस गाउपालिका २९० वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ जसमा ३१०९ (पुरूष १६०९ र महिला १५००)  कुल जनसंख्या र ५६२ घरधुरी रहेकाे छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

Thasang demographic Profile